नायक सुमन सिंहले आफ्नो आमा गुमाएका छन् । सिंहकी आमा विन्दुको २० भदौं बिहान साढें ११ बजे निधन भएको छ । उनको ६९ वर्षमा निधन भएको हो ।
सुमनकी आमा विगत डेढ वर्षदेखि ब्रेन स्ट्रोककी बिरामी थिइन् । उनी ललितपुर स्थित मेडिसिटी अस्पतालमा लगबग दुई महिना देखि उपचारार्थ थिइन् ।
परिवारका अनुसार बेलुकी ५ बजे उनको अन्तिम दाहसंस्कारका लागि पशुपति आर्यघाट लगिने छ । यती बेला सुमन मातृ शोकमा परेका छन् ।