Logo

७० वर्षीय वृद्धाको बलात्कार



सप्तरी । प्रहरीले ७० वर्षीय वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी बिसनपुरबाट खटिएको प्रहरीले खडक नगरपालिका–८ मुसहरनिया बस्ने ४० वर्षीय रोहित सदालाई उदयपुर घर भएकी ती वृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १९ भदौं साँझ पक्राउ गरेको हो ।

सदाले ती वृद्ध महिलालाई १६ भदौंमा धाक–धम्की, डर, त्रास देखाएर बलात्कार गरी फरार भएको थियो । प्रहरीले उनलाई खडक नगरपालिका–८ बिसनपुर चोकमा रहेको मदिरा पसलमा मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्