Logo

प्रधानमन्त्रीले नियमित कामलाई निन्तरता दिन सक्ने निजी चिकित्सकको दाबी



काठमाडौं, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्रा.डा दिव्यासि‌ंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अहिले सामान्य भएको स्पष्ट पारेकी छिन् । उनले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो बताएकी हुन् । त्यस्तै उनले प्रधानमन्त्री ओलीले नियमित कामलाई निरन्तरता दिन सक्ने पनि बताएकी छिन् ।

उनले जारी गरेको विज्ञप्तीअनुसार प्रधानमन्त्रीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई हटाउने वैज्ञानिक ‍‍विधि प्लाज्मा फेरिसिस पूरा भएको छ । मिर्गौलासम्बन्धी एन्टिबडी बढेपछि प्रधानमन्त्री ओली गत भदौ ५ गते उपचारका लागि सिंगापुर गएका थिए।

स्वदेश फर्किएपछि प्रधानमन्त्री ओली (फोटोफिचर)



प्रतिक्रिया दिनुहोस्