Logo

तराईबाट पहाड हुँदै उच्च पहाडमा पुग्यो डेंगु



काठमाडौं, भदौ २० । डेंगु रोग पहाडमा समेत देखिएपछि मानिसहरु आश्चर्यचकित भए । जलवायु परिवर्तनका कारण पनि यस्तो भएको हुनसक्ने अनुमानहरु गरिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालले उच्च पहाडी क्षेत्रमा समेत यसको संक्रमण देखिन थालेको जानकारी दिए । उनले रोग फैलन थालेकाले सचेत हुन भने ।

अहिलेसम्म १३० वटा मुलुकमा यो रोगको संक्रमण देखिएको तथ्यांक दिए । रोग नियन्त्रणमा लिन काम भइरहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्