काठमाडौं, भदौ २० । जथाभावी फालिएका टायर र चर्पी डेंगु सार्ने लामखुट्टेका कारखाना हुनसक्छन् । लामखुट्टे जन्माउने फोहोर पानी जम्नेमा टायर र फोहोर चर्पी हुनसक्छन् ।
सरुवा रोगसम्बन्धि विज्ञ समेत रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पुर्व प्रमुख डा.बाबुराम मरासनीले भने–सबैभन्दा बढी संक्रमण हुनेमा टायर कम्पनी तथा टायर राख्ने ठाउँ, स्कुल, कलेज, स्वास्थ्य मन्त्रालय समेतले चर्पीको गलत तरिकाले प्रयोग गरेको कारण हुन्छ ।
डेंगु संक्रमण रोकथामका लागि नगरपालिकाले आदेश दिएर सरकारी अड्डा, स्कुल कलेजमा सफा गर्न लगाउने र सबै क्षेत्रबाट सरसफाईका लागि विशेष भूमिका निभाउन सके रोगवाट बच्न सकिने जानकारी दिए । नगरपालिकाले घरको नक्शा पास गर्दा अनिवार्य घरको झ्याल ढोकामा जाली हाल्नुपर्नेमा जोड दिए ।