काठमाडौं, भदौ २० । डेंगुका महामारीले देशभरको जनजीवन प्रभावित भएको छ । डेंगुको उपचार गर्ने डाक्टर, सेक्युरिटी गार्ड देखि मन्त्रीसम्मलाई डेंगु लागेको छ । हालसम्म २५ सय जना डेंगु रोगी भेटिएको तथ्यांक रहेको छ ।
डेंगुको चेकजाँच आजकल मान्छेको लाईन र घुइचोले अस्पताल भरिएको देखिन्छ । डेंगुको संक्रमणबाट देशभर हालसम्म चारजनाको मृत्यु भएको छ । रोगबाट २५ सयभन्दा बढी संक्रमित भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालले हालसम्म ४२ भन्दा बढी जिल्लामा यो रोगको संक्रमण देखिएको बताए । साउन १ गतेदखि भदौ १७ गतेसम्म २५५९ जनामा डेंगु रोगबाट संक्रमित भएको तथ्यांक बताउँदै चारजनाको मृत्यु भएको जानकारी दिए ।
टेकु स्थित रहेको सरकारी अस्पतालमा चेक जांच गराउनेको बिढ निकै लामो रहेको । यसै गरि काठमाडौँ लगायत सम्पूर्ण नेपाल भरिको अस्पतालमा बिरामी र चेतना मुलुक मान्छेहरुको घुइचो छ । चेक गराउने मनिस देखि संक्रमणमा परेको व्यक्ति समेत पालो कुरेर बस्नु परेको अवस्था देखिन्छ । यसको संक्रमण लागेको व्यक्तिको सरकारले निसुल्क जांच गर्ने पनि बताएको हुदा अस्पतालले निकै पैसा बटुली रहेको पनि देखा परेको छ ।
सर–सफाईले यसको संक्रमणबाट बच्न सकिन्छ । फ्रान्स बाहेक दुनियाको हरेक कुनमा रहेको लामखुट्टे सरसफाई अभियानले नै संक्रमणबाट बच्ने उपाय देखिन्छ । रोगको उपचार समयमा भएन भने यसले मान्छेको ज्यान लिनसक्छ ।