मस्को, २० भदौ : रुसको केन्द्रीय निर्वाचन समितिका प्रमुखमाथि आक्रमण भएको अधिकारीहरूले शुक्रबार जनाएका छन् ।रातको समयमा नकावधारी आक्रमणकारीले उहाँलाई घरमै आक्रमण गरेको रूसी प्रहरीले जनाएको छ ।
स्थानीय समयअनुसार राती झण्डै १.३० बजेतिर ६५ बर्षीया निर्वाचन प्रमुख इला पाम्फीलोभलाई आक्रमण भएको हो ।रूसमा आउदो आइतबार क्षेत्रीय निर्वाचन हुने तय भएको थियो र त्यसका लागि तयारी अन्तिम चरणमा पु¥याइएको थियो ।
उहाँले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्नुभएको थियो । पत्रकार सम्मेलनमा उहाँले कुनै चोट नदेखिनेगरी उपस्थित हुनुभएको थियो ।उहाँले आफुलाई अहिले ठिक भइसकेको दावी गर्दै पत्रकार सम्मेलनमा भन्नुभयो, “मलाई कुनै गाह्रो भएको छैन ।” प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्न र दोषीको खोजी गर्न थालिसकेको बताइएको छ ।(रासस÷एएफपी)