Logo

टानको चुनावमा योगेश भट्टराईलाई ‘टेन्सन’



काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानमा नेपाली कांग्रेस निकटका उम्मेदवारहरूको जीत भएको छट ।

मतपरिणाम अनुसार अध्यक्षमा नेपाली कांग्रेसका खुमबहादुर सुवेदी विजयी भएका छन् भने प्रत्यासी नेकपाका अञ्जन थापा ‘कुमार’लाई ८३ मतले पराजित गर्दै सुवेदी विजयी भएका हुन् ।सुवेदीले ५ सय २१ मत ल्याएर विजयी भएका हुन् । पराजित थापाले ४ सय ३८ मतमात्रै प्राप्त गरेका छन् ।

महासचिवमा भने नेकपाकी सरिता लामा १३ मतको झिनो मतान्तरले विजयी भएकी छिन् । लामाले अर्का प्रत्यासी कांग्रेसका कर्मा शेर्पालाई पराजित गर्दै विजयी भएकी हुन् ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

सचिवमा एक जना थापा समूहका दामोदर ढकाल निर्वाचित भए भने महिला सदस्यमा नेकपा निकटकी ङिमादिकी शेर्पा निर्वाचित भएकी छिन् ।

सदस्यमा नेकपाबाट पाँच जना ठाकुर सापकोट, प्रेमबहादुर लामा, मिङमा तेन्जिङ शेर्पा, रामबहादुर गुरुङ विजयी भएका छन् ।

नेपाली कांग्रेस निकटबाट सदस्यहरूमा सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो दल निकटका उम्मेदवारको लागि भोट मागेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्