काठमाडौं, भदौ २१ । लोक दोहरी गायक बिष्णु खत्रीको ‘दशैंमा आउ प्यारा’ बोलको मार्मिक गित सार्वजनिक भएकोे छ ।गरिबीको कथालाई समेटेर तयार पारिएको उक्त भाकालाई नजिकिदै गरेको महान् चाड दशैंलाई मध्यजनर गर्दे तयार पारिएको छ ।
बिदेशिएका युवाको पीडा र गाउँमा रहेका महिलाको पीडा बोकेको उक्त भाकाले अहिलेको नेपाली परिवेषलाई चित्रण गरको छ ।
बिष्णु खत्री र बिष्णु माझीले आवाज दिएको उक्त गीतमा लय त् तथा शब्द सृजना पनि बिष्णु खत्री आफैले गरेका छन भने गीतलाई आफ्नै युटुब च्यानल बिष्णु खत्रिमा राखेका छन।
सुमधुर क्रियसनको प्रस्तुतिमा रहेको गीतको निर्देशन भने स्मृति तिमिल्सिना गुरुआमाले गरेकी हुन् भने छायांकन दुर्गा पौडेलले गरेका हुन्। गीतको सम्पादन बिष्णु शर्माको रहेको छ। गितमा चर्चित मोडल रन्जिता गुरुङ र बिमल केसिको अभिनय रहेको छ ।