Logo

हेपाटाइटिस बीबाट बच्ने उपाय



हेपड्ना समूहको डिएनए भाइरसबाट सर्ने रोग हो हेपाटाइटिस बी । हेपाटाईटिस बीको विरुद्ध प्रभावकारी खोप कार्यक्रम थालेपछि यस रोगको महामारीमा कमी आएको देखिन्छ । यो संसारभर फैलिएको रोग हो । जापानबाहेक चीन र अफ्रिकी मुलुकका मानिस यो रोगबाट बढी प्रभावित छन् । त्यहाँ करीब ८ प्रतिशतभन्दा बढी जनसङ्ख्या यो रोगको संक्रमणमा पर्ने गरेका छन् । जसलाई क्रोनिक हेपाटाइउिटस बी क्यारियर भनिन्छ । त्यस्ता क्यारियरहरु जीवनको कुनै पनि समयमा रोगको सिकार बन्छन् ।

नेपालमा पनि क्रोनिक हेपाटाइटिस बीबाट संक्रमितहरु देखिएको छ । यहाँ गरिएका केही अध्ययनले हिमाली भेगमा बस्ने मानिसहरु यो भाइरसबाट संक्रमित फेला परेका छन् । यो रोगलाई सरुवा रोग पनि भन्ने गरिन्छ ।

यो रोग तीन प्रकार बाट सर्ने सम्भावना देखिन्छ
ड्ड प्रत्यक्ष सम्पर्क
प्रमुख माध्यम भनेको प्रत्यक्ष सम्पर्कबाट हो । जस्तै यौन सम्पर्क , बिरामीको शरीरबाट निस्कने विभिन्न तरल पदार्थहरुको सम्पर्कबाट वीर्य, र्याल, पसिनाबाट सर्न गर्छ ।

ड्ड रगतको माध्यम
दोस्रो तरिका रगतको माध्यम हो । दूषित र ब्लड प्रोडक्ट ट्रान्सफ्युजनले गर्दा, ड्रगको कुलतमा फसेकाहरुले एउटै सुई धेरैले प्रयोग गर्दा, दाह्री काट्ने ब्लेड । हेपाटाइटिस क्यारियर अङ्गदान मिर्गौला, मुटु, कलेजो बाट पनि सर्न सक्छ ।

ड्ड रोगी आमाबाट
तेस्रो माध्यम भनेको रोगी आमाबाट जन्मेका बच्चाहरुमा सर्छ । यो भाइरस एचआईभी भाइरसभन्दा एक सय गुणा र हेपाटाइटिस सीको भाइरसभन्दा दश गुणा बढी संक्रमण गर्ने क्षमता हुन्छ ।

लक्षणहरु
हेपाटाइटिस बी रोग दुई किसिमको हुन्छ । एक्युट र क्रोनिक एक्युट हेपाटाइटिस बीको संक्रमण सुषुप्त हुन्छ र बिरामीले आफूमा कुनै रोगको महसुस गर्दैन संक्रमितमा हेपाटाइटिस ए जस्तै लक्षणहरु शरीर दुख्ने, घुँडा दुख्ने, अति साह्रो ज्वरो आउने, खानामा अरुचि हुने, माथिल्लो पेट फुलेर आउने, दायाँपट्टि असजिलो महसुस हुने, वाक्वाकी लाग्ने, बान्ता आउने, आँखा पहेलो हुने, आदि लक्षण देखा पर्छन् । यीमध्ये बिरामीको एक्युट लिभर फेलिएर भएर मृत्यु हुन्छ ।

क्रोनिक हेपाटाइटिस बी भनेको बिरामीको शरीरमा हेपाटाइटिस बीका भाइरस नगन्यदेखि प्रहस्त मात्रामा हुन्छन् र सुरु कुनै लक्षण देखिँदैन । अन्त्यमा गएर लिभर सिरोसिस लिभर काम नलाग्ने भई काठजस्तो कडा भएर जम्ने, लिभर क्यान्सर र लिभर फेलर भएर मृत्युशैयामा पु¥याउँछ । लिभर सिरोसिस हुँदा हाम्रो शरीरलाई दैनिक चाहिने प्रोटिन, महत्वपूर्ण इन्जाइम र को–फ्याक्टरको उत्पादन घटेर जान्छ र भिटामिन, आइरन, मिनरल्सको भण्डारण घट्छ । हामीले खाएका खानेकुरा र औषधि सबैको मेटाबोलिजम र निस्कासन लिभरबाट हुने भएकाले यो नै कमजोर भई काम नलाग्ने भएपछि शरीरको सबै प्रणालीमा असर गर्छ । शरीरलाई चाहिने चीजहरुको कमी हुन्छ र विषालु चिजहरु शरीरमा संकलित भइरहन्छ ।

उपचार र रोकथाम विधि
क्रोनिक हेपाटाइटिस बीको औषधिउपचारको मुख्य उद्देश्य भनेको कलेजोलाई नष्ट हुन दिनबाट बचाउने र यसको जटिल रुपमा परिवर्तन हुन नदिने लिभर सिरोसिस, लिभर फेलिएरबाट बचाउनु हो । यसमा प्रयोग हुने औषधिले हेपाटाइटिस बीका भाइरसलाई वृद्धि हुनबाट रोक्छन् । एचबिइएजीलाई नेगेटिभ बनाउँछन् र एबिभी डिएनए भाइरल लोड घटाउँछन् र केही प्रतिशत बिरामीमा भाइरसलाई निर्मूल पार्छ ।

हेपाटाइटिस बीको रोकथामको सबैभन्दा राम्रो उपाय हेपाटाइटिस बीको भ्याक्सिन लगाउनु हो । उच्च रिस्क ग्रुपमा पर्ने समुदायहरु जसले हेपाटाइटिस बीका बिरामीलाई दैनिक सेवा दिनुपर्छ, सम्पर्कमा रहनुपर्छ साथै उनीहरुलाई सेवा दिँदा उनीहरुकोे शरीरबाट निस्केको तरल पदार्थ साथै रगतसंग काम गर्नुपर्छ । साधारण तया हेपाटाइटिस बी भ्याक्सिन तीन डोजमा लगाइन्छ । । अहिलेको विस्तारित खोप कार्यक्रमअनुसार बच्चालाई डिपिटी र पोलियो भ्याक्सिनसँगै हेपाटाइटिस बी भ्याक्सिन दिइन्छ । एचआइभीका बिरामी, क्यान्सर र अन्य रोगबाट इम्युनो कम्प्रोमाइज्ड व्यक्तिमा चार डोज हेपाटाइटिस बीको खोप लगाउँदा उपयुक्त हुन्छ ।



प्रतिक्रिया दिनुहोस्