काठमाडौं, भदौ २२ । भारतीय सहयोगमा कोटेश्वर बहुमुखी क्याम्पसको भवन निर्माण भएको छ । भारत सरकारको चार करोड ५१ लाख रुपैयाँमा क्याम्पस भवन निर्माण भएको हो ।
भवनको शिलान्यास भारतीय राजदूत मंजीव सिंह पुरीले २१ भदौमा गरेका छन् । भवन उद्घाटन कार्यक्रममा नेकपा नेता समेत रहेका पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, पूर्व परराष्ट्र सचिव मदन भट्टराई, जिल्ला समन्वय समितिका अध्यक्ष सुन्दरराज वैद्यलगायतको सहभागिता थियो ।
गैरनाफामुलक क्याम्पसमा झण्डै चार हजार विद्यार्थी अध्ययनत छन् । क्याम्पसमा ६० प्रतिशत छात्रा अध्ययनरत छन् । तस्बिरः भारतीय राजदूतावास