काठमाडौं, भदौ २२ । नजिकिदै गरेको दशैं–तिहारलाई लक्षित गरेर व्यवसायीहरुले सार्वजनिक सवारीको भाडा वृद्धि नगर्ने भएका छन् ।
सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दशैंअघि सार्वजनिक यातायातको भाडा वृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
व्यवसायीहरुले लामो समयदेखि भाडा वृद्धिको माग गर्दै आए पनि विभागसँगको छलफलमा दशैंअघि भाडा नबढाउने तर त्यसपछि भाडा निर्धारण गर्ने सहमति भएको हो ।
‘विगतभन्दा पहिले यातायात व्यवसायी धेरै जिम्मेवार देखिनुभयो,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने,‘दसैं अगाडि भाडा वृद्धि हुँदैन ।’ आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले समाचार छापेका छन ।