सुपरस्टार शाहरुख खानले निर्देशक अली अब्बाजको निर्देशनमा नयाँ फिल्म खेल्ने भएका छन् । अली अहिले फिल्मको स्क्रिपटमा काम गरिरहेका छन् । शाहरुखले दुई ठूलो फिल्म गर्ने निर्णय लिएका छन् जुन अर्काे वर्ष फ्लोरमा निस्कनेछन् ।
यश राज ब्यानरसँग हुने लागेको शाहरुखको उक्त फिल्म एक्सन जनरामा निर्माण हुनुका साथै अहिलेसम्मकै सबैभन्दा ठूलो एक्सन फिल्म हुने जनाएको छ । अली र सुपरस्टार सलमान खानको जोडीले “टाइगर जिन्दा हे”, “सुल्तान”, “भारत” जस्तो ब्लकबस्टर फिल्म बक्सअफिसमा दिएका छन् भने अलीसँग शाहरुखको यो पहिलो फिल्म हो ।
शाहरुखलाई बलिउडका भेट्रान निर्देशक सञ्जय लीला भन्सालीको फिल्म “इन्शाअल्लाह”मा देखिने सम्भावना प्रवल छ । उक्त फिल्ममा सलमान खानलाई प्रमुख भुमिकामा देखिने फइनल भएतापनि आन्तरिक द्वन्द्वका कारण भन्साली र सलमानबीच २० वर्षपछि हुन लागेको सहकार्य टुटेको छ । फिल्ममा अभिनेत्रीको रुपमा आलिया भट्ट छिन् ।