बलिउडसँगै हलिउडकी अभिनेत्री प्रियंका चोपडा आमा बन्ने रहर गरेकी छिन् । सन् २०१८ मा प्रियंका र निक जोनस वैवाहिक सम्बन्धमा बाधिएका हुन् । विवाह पछि प्रियंकाको इच्छा सूचीमा दुई नयाँ चीजहरु थप भएको छ । प्रियंकले आफुलाई आमा बन्ने र आफैले निकको लागि लस एन्जलसमा घर किन्ने इच्छा रहेको जनाएकी छिन् ।
प्रियंका चोपडा बलिउडदेखि हलिउडसम्म शक्तिशाली अभिनेत्रीहरूको सूचीमा पर्र्छिन् । उनले विदेश बसोबाससँगै आगामी फिल्म “दि स्काई इज पिंक”को बारेमा धेरै कुराहरु जनाएकी छिन् । उनले निकलाई राम्रो गायकको संज्ञा प्रदान गरेकी छिन् ।