Logo

नेपाल-चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरु (तस्विरसहित)



काठमाडौं, २३ भदौ । नेपाल र चीनबीच परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरु भएको छ। काठमाडौंको याक एन्ड यति होटलमा सुरु भएको बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका छन् भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका छन्।

करिब एक घन्टा चल्ने बैठकमा चिनियाँ राष्ट्रपति सि जिङ पिङको नेपाल भ्रमण, बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई), चिनियाँ सहायतालगायत विषयमा छलफल हुने परराष्ट्र स्रोतले जानकारी दिएको छ।

नेपाली पक्षले रसुवागढी–काठमाडौं सडकलगागत केही महत्वपूर्ण सडक, गल्छी–रसुवागढी–केरुङ विद्युत प्रसारण लाइन, काठमाडौं–केरुङ रेललगायतका विषयमा चिनियाँ पक्षसँग आयोजना विवरण प्रस्तुत गर्ने पनि जानकारी प्राप्त भएको छ। बैठकपछि दुई देशका विदेशमन्त्रीको उपस्थितिमा सम्बन्धित अधिकारीहरूले समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्