Logo

प्रधानमन्त्री र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता



काठमाडौं, २३ भदौ । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न चिनियाँ विदेशमन्त्री वाङ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

सोमबार साँझ प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्न बालुवाटार पुगेका हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए । उनकाअनुसार प्रधानमन्त्री ओली र विदशेमन्त्रीबीच अहिले एक्लाएक्लै भेटवार्ता भैरहेको छ। यसअघि नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरीय छलफल भएको थियो। दुई पक्षीय छलफलमा आपसी हित र साझेदारीका विषयमा छलफल भएको थियो।

विदेशमन्त्री वाङ यी प्रधानमन्त्रीसँगको भेटपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्न राष्ट्रपति भवन शितल निवास जाने कार्यक्रम रहेको छ। आइतबार नेपाल आएका विदेशमन्त्री वाङ यी भोलि मंगलबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

नेपाल र चीनबीच तीन समझदारी (फोटोफिचर)

तस्विर : मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्