Logo

विराध बढेपछि पशुपतिमा राष्ट्रगान बजाउन बन्द



काठमाडौं, भदौ २३ । चौतर्फी विरोध भएपछि पशुपतिनाथ मन्दिर परिसरमा हुने साँझको आरतीमा बजाउन थालेको राष्ट्रगान आजदेखि बन्द गरिएको छ ।

केहि दिन पहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निर्देशनमा राष्ट्रगान बजाउन थालिएको थियो ।राष्ट्रगानप्रति नागरिकको गहिरो सम्मान रहेको भन्दै धर्मसंग राष्ट्रियतालाई नजोड्न तथा घाटमा राष्ट्रगान बज्दा सोभनिय नभएको भन्दै विरोध बढेको थियो ।

विरोध समाजिक सञ्जालहुँदै संसदसम्म नै पुगेपछि आजदेखि राष्ट्रगान बजाउन बन्द गरिएको छ । बाँकि नित्य आरती भने पूर्व निर्धारित समयमा नै सुचारु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्