Logo

विप्लव समुहका जिल्ला इन्चार्ज नेकपामा प्रवेश



काठमाडौं, २४ भदौ । विप्लव समुह परित्याग गरी रामेछाप र सिन्धुपाल्चोकका जिल्ला इन्चार्जहरु क्रमशः यादव ढुंगेल ‘जमिन’ र गोपाल श्रेष्ठ ‘प्रयास’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

हिजो (सोमबार) साँझ खुमलटारमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएको प्रचण्डको सचिवालयले जनाएको छ। पार्टी प्रवेश कार्यक्रममा विप्लव समुहका काभ्रे जिल्लाका जिल्ला समिति सदस्य राजकुमार बुढाथोकी पनि नेकपा प्रवेश गरेका थिए ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेकपा सबै परिवर्तनकारी क्रान्तिकारीहरुको पार्टी भएको बताएका थिए । दाहालले भनेका थिए,‘समृद्ध नेपाल निर्माणको महाअभियानमा सबै क्रान्तिकारी परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्छ ।’

नवप्रवेशीहरुले अध्यक्ष प्रचण्डको नेतृत्वबाट नै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै समाजवाद निर्माणको अभियानमा उनकै नेतृत्वमा आफूहरु समाहित हुन मूलथलोमै फर्किएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्