Logo

ओली सरकार संविधानअनुसार चल्न सकेन : सिटौला



सुनसरी, २४ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको वर्तमान सरकार संविधानअनुसार चल्न नसकेको अरोप लगाएका छन् । सुनसरी सदरमुकाम इनरुवामा नेपाली काङ्ग्रेसको दोस्रो चरणको जागरण अभियान कार्यक्रममा नेता सिटौलाले यस्तो बताएका हुन् ।

उनले अहिलेको सरकारले मानवअधिकार आयोग, लोकसेवा आयोग, न्ययापालिका, प्रहरी प्रशासन सबै आफ्नो नियन्त्रणमा राख्न खोजेको अरोप लगाए । उनले अहिलेको सरकारले कानूनसम्मत कर्मचारी र प्रहरी प्रशासनको सरुवा, बढुवा गर्न नसकेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्