Logo

डेंगु लागेर मान्छेको मृत्यु भएको होइन- स्वास्थ्य राज्यमन्त्री यादव



डाक्टर समेत रहेका स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले डेंगु नियन्त्रणमा सरकार सक्रिय भइरहेको बताए । उनले डेंगुको कारण मान्छेको मृत्यु नहुने दाबी गरे । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

डेंगुबाट कति जना संक्रमित भए ?
यसलाई प्रदेश १ मा हेर्ने हो भने सुनसरी, झापा, मोरङमा ३५३ जना देखिन्छ । प्रदेश २ मा त्यति देखिएको छैन । प्रदेश नं. ३ को चितवनमा १०२६, काठमाडौंमा ६५२ र मकवानपुरमा ६२४,रुपन्देहीमा ५० जना छन् । अहिलेसम्म कर्णाली प्रदेशमा त्यस्तो केही देखिएको छैन । २२ गतेसम्मको डाटालाई हेर्दा ३८८९ जना मुलुकभरबाट संक्रमित भएको पाइन्छ ।
नेपालमा डेंगु बढ्नुको कारण के हो ?
प्रायः वर्षाको सिजनमा यसको प्रकोप बढ्ने हो । जाडो यामसँगै यसको प्रकोप घटेर जान्छ । यो पानीको कारणले पनि बढ्ने हुन्छ ।
डेंगु नियन्त्रणमा सरकार चुक्यो भनिन्छ नि ?
यसमा सरकार चुक्नुभन्दा पनि यो एउटा भाइरसबाट पैmलिने रोग हो । यसलाई निर्मुल गर्न आमनागरिकको सहयोग चाहिन्छ । सरकारले त यसको उपचारको पाटो हेर्ने हो । तर यसको निर्मुलको लागि आमनागरिकको सहयोग अपरिहार्य छ । यसलाई जनचेतना पैmलाउने काममा जनतानै सचेत हुनुपर्छ ।
लामखुट्टे पनि मार्न नसक्ने सरकारले के कम गर्छ ?
मेडिकलको पाटोबाट भन्दा पनि यसलाई नियन्त्रण गर्न घरपरिवारको सरसफाइको कुरा आउँछ । घर राम्रो छ तर पानी जमेको छ भने त्यहाँ पनि लारबा उत्पादन हुन्छ । त्यसैले आम जनता जबसम्म यसमा लाग्दैनन् तबसम्म यो नियन्त्रण हुन सक्दैन ।
त्यसको लागि सरकारले चिकित्सकलाई सबै ठाउँमा पु¥याइसकेको छ ?
्यसबारेमा ब्यापक छलफल बहस भइराखेको छ । यसलाई ब्यापक रुपमा जनचेतना कसरी पैmलाउने भनेर । जति पनि सञ्चारमाध्यमहरु छन्, जस्तो टिभी, रेडियो, पत्रपत्रिका सबैबाट जनचेतनामुलक समाचार, सूचना सम्प्रेषण गर्ने भनेर । यसमा जनचेतनामुलक कार्यक्रमसँग सम्बन्धित सबै निकाय सबैसँग बसेर छलफल भएको छ । कहाँकहाँ प्रगति भएको छ भनेर ।
तपाईंहरुले जति सञ्चारमाध्यमबाट सूचना दिनुपर्ने हो त्यो दिनभएको छैन नि ?
जुन सञ्चारमाध्यम बढी प्रभावकारी र सबैको पहुँचमा छ त्यसलाई हामीले सूचना दिएका छौं । मुख्य त स्थानीय र प्रदेश सरकारमार्फत हामीले जनचेतामुलक कार्यक्रमहरु सञ्चालन गरेका छौं । यी ठाउँमा गएर सेमिनार, गोष्ठीलगायत जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेका छौं । उहाँबाट धेरै सहयोग पनि भएको छ ।
तपाईंहरुले झारा टार्ने काम मात्रै गर्नुभयो नि ?
यो डेंगु भन्ने रोग अमेरिका जस्तो विकसित मुलुकमा पनि आपतकालीन अवस्था घोषणा गरिएको थियो । कोरियालगायत अन्य विकसित मुलुकहरुमा पनि यो रोगले इमेर्जेन्सी घोषणा गर्नुपर्ने अवस्था आएको थियो ।
जनतामा त्रास फैलियो नि ?
यसमा जसरी सूचना प्रवाह भयो त्यसले मानिसमा त्रास फैलिएको छ । यसबाट कुनै ठूलो जनधनको क्षति हुने होइन । यसले भविष्यमा हुने क्षतिको लागि अहिले नै सचेतना अपनाउन खोज्दा बढी त्रासपूर्ण हल्ला भयो ।
यसबाट ६ जनाको मृत्यु भइसकेको छ नि ?
हो ६ जनाको मृत्यु भएको छ । तर, डेंगुको कारणले होइन । यसमा अर्को केही रोगले ग्रसित व्यक्तिलाई यो रोगले छोयो भने मृत्युसम्म हुने हो । खाली डेंगुले मात्रै मृत्यु हुने होइन ।
डाक्टरहरु डेंगु भनेको सामान्य भाइरल हो यसबाट आत्तिनुपर्दैन भनेका छन् सही हो ?
हो, डेंगु लागेकै भरमा कसैको मृत्यु नै भइहाल्ने होइन ।

अहिले डेंगुबाट आत्तिहाल्नुपर्ने अवस्था छैन । तर, यसबाट कमभन्दा कम मानिस मात्र संक्रमित होस् । जसको कारणले अन्य रोग लागेका मानिसलाई नछोओस् । ड्यांगो नै लागेर मान्छेको मृत्यु नै हुने होइन ।



प्रतिक्रिया दिनुहोस्