Logo

नक्कली प्रमाणपत्रधारी शिक्षकमाथि मुद्धा



पोखरा, २५ भदौ । नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षकमाथि मुद्धा दायर गरिएको छ । पोखरा महानगरपालिका वडा नं.१० को एक शैक्षिक संस्थामा कार्यरत विष्णु कुमारी पराजुली माथि मुद्धा दायर गरेको हो ।  पराजुली विरुद्ध २४ भदौमा विशेष अदालत काठमाडौंमा अख्तियार दुरुपयोग अनुुन्धान आयोगले मुद्धा दायर गरेको हो ।

शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली भएकोे उजुरीका आधारमा अनुसन्धान हुँदा पराजुलीले पोखरा नगरपालिका कार्यालय (यु.वि.एस.) कार्यक्रमअन्तर्गत शिशु स्याहार केन्द्रको करार शिक्षिका पदमा नियुक्ति हुँदा नक्कली कागजात पेश गरेको खुल्न आएको छ । पराजुलीले बिहार संस्कृत शिक्षा बोर्ड, पटनाबाटे मध्यमा तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सहायकस्तर (तृतीय मुखीया) शिक्षिका पदमा कार्यरत रहेको प्रमाणित भएको सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो



प्रतिक्रिया दिनुहोस्