Logo

लामखुट्टेले कस्तो मानिसलाई बढी टोक्छ



लामखुट्टे संवेदनशील प्राणी हो । लामखुट्टेले पनि मानिस हेरेर टोक्ने गर्छ । कतिपय मानिसलाई बढी र कतिपय मानिसलाई थोरै टोक्छ ।
प्राय जसो मानिस धेरै घुम्दा वा कपडा नलगाई बस्दा पनि लामखुट्टेले टोक्ने गर्दैन । तर, कति पाय मानिसलाई अत्यधिक मात्रमा टोक्ने गर्छ लामखुट्टेहरुले मानिसमा रहेको रसायनलाई थाहा पाउने गर्छ ।

हाम्रो शरीरबाट रसायनहरु हरेक सेकन्ड निस्किइरहेको हुन्छ र लामखुट्टेले यसकै फाइदा उठाएर आक्रमण गर्ने गर्छ । उनीहरुको महशुश गर्ने क्षमता निकै मात्रामा रहेको कारणले उक्त केमिकल थाहा पाउने गर्छन् । लामखुट्टेले हाम्रो शरीरबाट निस्केको कार्बन डाइअक्साइड केही समय पछि मात्र वातावरणमा मिल्ने गर्छ । यही मौकाको फाइदा उठाएर लामखुट्टेले निस्केको कार्बन डाइअक्साइड मापन गरेर टोक्ने कि नटोक्ने भन्ने निर्णयमा पुग्छ । लामखुट्टेले सरिर बाट निस्केको कार्बन डाइअक्साइडलाई मापन गरेर करिब १६० फीट माथि सम्म उसले आफ्नो लक्ष्यलाई आक्रमण गर्ने गर्छ ।

लामखुट्टेले लक्ष्यलाई शरीरको तापमान, रंग र पनिको तापमान समेत मापन गरेर आक्रमण गर्ने गर्छ । हाम्रो शरीरबाट निस्कने व्याकटेरियालाई लामखुट्टले आफ्नो टाउकोबाट अनुमान लगाउने गर्छ । हरेक मानिसमा फरक–फरक गरी करिब ३०० भन्दा बढी केमिकल तत्वहरु निस्कने गर्छ । भावहरुलाई मापन गरेर लामखुट्टेहरुले आक्रमण गर्ने गर्छ । सरिरको छालाबाट बढी जीवाणुहरु निस्कन मान्छेहरुमा लामखुट्टेले कम आक्रमण गर्छ भने कम छाला जीवाणु निस्कने मानिसलाई बढी आक्रमण गर्छ ।

कम छाला जीवाणु निस्किने व्यक्तिमा लेप्टोट्रिशिया, डल्फिया, एक्टिनोब्याक्टेरिया जीपी र स्टेफिलोकोकस नामक ब्याक्टेरिया पाईन्छ भने बढी छाला जिबानु निस्किने व्यक्तिमा स्यूडोमोनस र वरियोवोरक्स नामक ब्याक्टेरिया पाईन्छ । हाम्रो छालाबाट निस्किने जीवाणुहरु माथि हामी केही गर्न न सक्ने र सो कारणले लामखुट्टेले आक्रमण गर्ने बताएका छन् ।
एजेन्सी



प्रतिक्रिया दिनुहोस्