हेटौँडा उपमहानगरपालिका क्षेत्रका डेङ्गुका बिरामीलाई मध्यनजर गर्दै आज परीक्षण गर्ने कीट हस्तान्तरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले डेङ्गु परीक्षण गर्ने कीट हस्तान्तरण गरेका छन् ।
उपमहानगरले ३३१ वटा डेङ्गु परीक्षण गर्ने कीट जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका ल्याब टेक्निसिएन राजकुमार इटेनीलाई डेङ्गु परीक्षण गर्ने कीट हस्तान्तरण गरिएको हो ।
नगरवासीले तिरेको करले उपमहानगरपालिका चलेकाले नगरवासी बिरामी पर्दा सहयोग गर्नेगरी सहयोग गरिएको प्रमुख महतले बताए । जिल्ला स्वास्थ्य कार्यालय, हेटौँडा अस्पताल पनि प्रदेश सरकार मातहत भए पनि आफूहरुले नगरवासीको हितका लागि डेङ्गु कीट सहयोग गरिएको प्रमुख महतले बताए ।