Logo

प्रहरीले थमायो ज्ञानेन्द्र शाहीको हातमा पक्राउ पुर्जी



काठमाडौं, भदौ ३० । ‘नेपालका लागि नेपाली’ नामक अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई अन्ततः प्रहरीले पक्राउ पुर्जी दिएको छ ।

नेपालगञ्ज विमानस्थलमा शनिबार पर्यटनमन्त्री योगेश मन्त्री भट्टराईमाथि विमानभित्रै भएको घटनाबारे जानकारी दिन  आयोजित पत्रकार सम्मेलनबाट आइतबार शाहीलाई प्रहरीले सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा लिएको थियो ।

आइतवार दिनभर प्रहरी परिसरमा राखेको शाहीलाई अहिले भने प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै नियन्त्रणमा राखेको छ ।

मन्त्रीसंग अभद्र व्यवहार देखाएको आरोपमा प्रहरीले उनको हातमा पक्राउ पुर्जी थमाई सकेको छ । पक्राउ परेका शाहीमाथि गैरसैनिक हवाई उडान सिभिल एभियसन ऐन २०१५ को ९ क १ को घ बमोजिमको कसुर गरेको भन्दै अर्को छुट्टै मुद्दा समेत लगाउने तयारीमा प्रहरी रहेको छ ।

उक्त दफा बमोजिमको अपराध गर्नेलाई जन्म कैद र त्यस्तो अपराध गर्न उद्योग गर्ने वा मतियार हुनेलाई पन्ध्रदेखि बीस वर्षसम्म कैद हुने कानुनी ब्यबस्था रहेकोछ ।



प्रतिक्रिया दिनुहोस्