काठमाडौं, भदौ ३० । दुई बालिकामाथि यौनदुर्व्यवहार गरेको आरोपमा बसका एक सहचालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर हचुवागढी गाउँपालिका ३ घरभई हाल काठमाडौं तारकेश्वर नगरपालिका–१० मनमैंजुस्थित शुभकामना चोक बस्ने का ३६ वर्षीय एल्जित राई रहेका छन् ।
बा ४ ख ८२ नम्बरको बसमा सहचालकको काम गर्दै आएका राईलाई प्रहरीले सोमबार पक्राउ गरेको जनाएको छ ।
राईलाई बसभित्र ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्नुका साथै १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उक्त चोकमा बालिका फेला परेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले टोखाकी ११ वर्षीया बालिका फेला पारी अनुसन्धानको क्रममा राईले ती बालिकालाई बसभित्र जबरजस्ती करणी गरेको तथा उनकी साथी रामेछापकी अर्की १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरी बालिकाकै कोठामा लगि छाडेको खुल्न आएपछि राईलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।