Logo

गगन थापाको साथ ज्ञानेन्द्र शाहीलाई, योगेशमाथि खनिए !



काठमाडौं, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले ज्ञानेन्द्र शाहीमाथि सत्तारुढ दल युवा संघले लगाएको प्रतिबन्ध स्विकार्य नभएको कडा प्रतिक्रिया दिएका छन् । सोमबार आफ्नो फेशबुकमा एक स्टाटस लेख्दै पूर्वमन्त्री समेत रहेका सांसद थापाले यस्तो बताएका हुन् ।

शाहीलाई काँस्की प्रवेशमा रोक लगाएको युवा संघको विज्ञप्तीपनि सँगै पोष्ट गर्दै थापाले भनेका छन्,’कमरेड ! यो लोकतान्त्रिक गणतन्त्र नेपाल हो । ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि यहाँ स्वतन्त्रपूर्वक हिंड्न पाउँछन् । आफ्नो विचार राख्न पाउँछन् । गल्ती गर्नेलाई विधिले बाँध्ने हो, निषेध गर्ने होईन् । सरकारको गति र मति ठिक पार्नुहोस् । आफ्नो अरिंगाल प्रवृत्ति छोड्नुहो्स परिवर्तनविरोधी तत्व आफैं समाप्त हुन्छन्।’

गत शनिबार नेपालगञ्जबाट काठमाडौं आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईले बुद्ध एयरको जहाजलाई करिब आधा घण्टा कुराएका थिए ।मन्त्रीलाई कुर्दा भएको ढिलाई कारण जहाजभित्र ज्ञानेन्द्र शाहीलगायतले मन्त्रीविरुद्ध नारावाजी र गालीगलौज गरेका थिए ।

तर, यो प्रकरणमा सोही दिन राति नै मन्त्री भट्टराईले एक स्टाटस लेखी माफीसमेत मागिसकेका थिए । वमानस्थलमा ढिलाई गर्दा यात्रुले सास्ती व्यहोरेको भनेर जहाजभित्रै हुलहुज्जत भएको विषयमा शाहीमाथि अहिले नेकपाका भातृ संगठनका जिल्ला शाखाहरुले कडा चेतावनी दिएका छन् ।

ज्ञानेन्द्र शाहीलाई पोखरा र धनुषामा निषेध



प्रतिक्रिया दिनुहोस्