नवजात शिशुलाई संसारमा आए देखि केहि हप्ता सम्म पसिना आउँदैन । शिशुमा पसिना नआउनुको मुख्य कारण उसको शरीरको पूर्ण विकास नहुने हो । शिशुमा पसिना ग्रन्थीको विकास पूर्ण रुपमा नभएको कारणले पसिना नआउने हुन्छ । कम्तिमा तीन देखि चार हप्ताबीच मात्र उक्त ग्रन्थीको विकास हुन्छ ।
मान्छेमा दुइ किसिमको ग्रन्थिहरु एक्रिन र अपोक्रिन हुन्छ । शिशु जन्मिएको बेलामा एक्रिन भन्ने ग्रन्थि संचालनमा आउने गर्छ जसले धड र अंगहरूमा पसिना पठाउँछ । यो शिशु पाँच महिनाको हुँदा सम्मनै पूर्ण रुपमा विकास भइसक्ने गर्छ ।
शिशुहरु खासै पसिना निकाल्न सक्दैन यो सब हेरचाह गर्ने मान्छेमा निर्भर गर्छ । शिशुको हर्मोन परिवर्तन नभए सम्म ग्रन्थीहरुले शरीरको तापक्रम सन्तुलनको काम गर्छन् । ग्रन्थीको विकास पछि शिशुको पसिना आउँछ । त्यस्तो अवस्थामा कहिलेकाहीं परिवार आत्तिनसक्छ ।
खाना खाँदा र कपडा धेरै लगाउँदा पसिना निस्कन्छ । यसमा आत्तिनुपर्दैन । शिशुको पसिना निस्केमा उसलाई फाइदा पुग्छ ।