काठमाडौं, ३१ भदौ । अविरल वर्षाका कारण देशका अधिकांश भागहरुमा बाढी र पहिरोले क्षति पुर्याएको छ । नदीहरुले सतर्कता तह पार गरेका छन् ।
आज र भोलि कोशी, वागमती, नारायणी, पूर्वी राप्ती, रिउखोला, अरुण, तिनाउ, वाणगंगा, मनहरी लोथरखोला, लालबकैयालगायत नदीहरुले खतराको तह पार गर्ने भएका छन् । नेपाल बाढी सूचनाले बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङभई बग्ने नदीमा बहावले सतर्कता तह पार गर्ने भन्दै उच्च सतकर्ता अपनाउन भनेको छ ।
नेपाल बाढी सूचनाका अनुसार कोशी नदी चतरामा जलसतहले सतर्कता तह पार गरेको छ । सुनसरी र सप्तरीको नदीतटीय क्षेत्रमा आज बेलुकासम्म उच्च सतर्कता अपनाउनुपर्नेछ । चितवनमा पनि नदीहरुले खतराको तह पार गरेका छन् । माडी क्षेत्रको बनकट्टा, कल्याणपुर र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले रिउखोलाको जनसतह सतर्कता तह पार गरेको छ ।