Logo

रुसले साउदी अरबलाई शक्तिशाली हतियार दिने



रुसले आफ्नो उन्नत हतियार साउदी अरबलाई बेच्ने निर्णय गरेको छ । साउदी अरबको नेताहरु इच्छुक छन् भने रुसले हतियार दिने निर्णय गरेको जनाएको छ ।
रुसले साउदीलाई संरक्षण गर्ने र साउदीले चाहेमा साउदीलाई निकै मात्रमा हतियारको सहयोग गर्ने समेत बताएको हो । साउदीको निर्णय अझ अधिकारिक रुपमा सार्वजनिक भएको छैन ।

रुसले एस ३०० र एस ४०० बेच्ने निर्णय गरेको छ । यसले साउदीलाई हरेक पूर्वाधारलाई संरक्षण समेत गर्ने बताएका छन् । साउदी तेल प्रशोधन केन्द्रमा ड्रोन हमला पछि रुसको पछिल्लो भनाई आएको हो । हमलाबाट साउदी अरबको प्रशोधन केन्द्रमा क्षति पुग्न गई आधा उत्पादन घटेको छ ।

आक्रमणलाई प्रतिकार गर्न वा रोक्न नसक्दा साउदी अरबको सुरक्षा क्षमतामाथि प्रश्न उठेको छ । विश्वकै बढी तेल उत्पादन गर्ने देश साउदी अरबसँग हतियार र सैन्य प्रभावकारिताबारे प्रश्न उठेपछि रुसले प्रभावकारी र उन्नत हतियार बेच्ने निर्णय लिएको हो । Photo Source : Twitter



प्रतिक्रिया दिनुहोस्