Logo

दशैमा १८ हजारसम्म मात्रै नयाँ नोट साट्न पाईने



काठमाडौं, असोज १ । राष्ट्र बैंकले यस वर्षको दसैंका लागि एकजनालाई बढीमा १८ हजार ५ सय रुपैयाँ नयाँ नोटको सटही सुविधा दिने जनाएको छ ।

त्यसभन्दा बढी पैसा आवश्यक हुनेले चाहिँ पुराना तर सफा नोट पाउनेछन्। असोज १० गतेदेखि नयाँ नोट सटही गर्न सकिने जनाउदै राष्ट्र बैंकले ‘सटही सुविधाका लागि ठाउँ व्यवस्थापन गर्न कठिन भएर यो वर्ष केही ढिला हुन गएको जनाएको ।

विगतमा राष्ट्र बैंकको थापथलिस्थित कार्यालयबाट नोट सटही सुविधा दिँदै आएको भए पनि यो वर्ष भने बालुवाटार कार्यालयबाट यस्तो सुविधा दिने जनाइएको छ ।

थापाथलिमा नयाँ भवन निर्माण कार्य चलिरहेकाले बालुवाटारबाट सटही सुविधा दिन लागिएको उनले बैंकले जनाएको छ । बैंकले सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० दरका सयसय थान नोट सटही सुविधा दिनेछ।



प्रतिक्रिया दिनुहोस्