काठमाडौं, २ असोज। नेपाली काँग्रेस संस्थापक नेता वीर गणेशमानसिंहको स्मृतिमा नेपाली काँग्रेसको भातृ संङ्गठन नेपाल विद्यार्थी संघ काठमाडौं जिल्लाले दीप प्रज्ज्वलन गरी मनाएको छ ।
वि. सं २०४६ को जनआन्दोलनका कमाण्डर लौह पुरुष स्व गणेशमान सिंहको २२औँ स्मृति दिवसको अवसरमा बिहिबार साँझ काठमाडौंको शान्तिबाटिमा रहेको गणेशमान सिंहको पूर्णकदको शालिकमा माल्यार्पणका साथै दिप प्रज्वलन गरी
नेपाल विद्यार्थी संघ काठमाडौ जिल्लाले दीप प्रज्ज्वलन गरी स्मृति दिवस मनाएको हो ।
कार्यक्रममा काग्रेसका नेताहरुलगायत नेविसंघका नेता बिद्यार्थी एवं सर्वसाधारणहरुको सहभागीता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघ काठमाडौं जिल्ला सभापति मनोज बैद्यले राजनीतिक जीवनको अन्त्यसम्म पनि पद र प्रतिष्ठालाई थाती राखेर देश र जनताको सर्वोपरी हित चिताउने नेता गणेशमान सिंहको आदर्शलाई अहिलेका पुस्ताले ग्रहण गर्न नसकेको आरोप लगाए ।
वैद्यले भने–’नेपालमा स्थापित सबै दलका नेताहरुले गणेशमान सिंहलाई आदर्श पात्रको रुपमा हेरे पनि उहाँको राजनीतिक चरित्रलाई पढेर अनुसरण गर्न नसक्दा स्वच्छ छवीका नेता पाउनु गाह्र्रो परेको छ ।’
नेविसंघ काठमाडौं जिल्लाले हरेक बर्ष सिंहको स्मृति दिवसमा यस्तै कार्य गरेर प्रजातान्त्रिक आन्दोलनका अग्रणी पुरुष गणेशमान सिंहलाई सम्झने दाबी गरे । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम