लण्डन, २ असोज । बेलायतमा हरेक घण्टा औसतमा दुई सय जनाले चुरोट त्याग्ने गरेको एक तथ्याङ्कले देखाएको छ ।
यूनिभर्सिटी कलेज लण्डनले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चुरोट त्याग्नेहरुको सङ्ख्या औसतमा बेलायतमा सवैभन्दा धेरै रहेको छ ।
गत दश बर्षको अवधिमा छिट्टै चुरोट त्याग्नेहरूको संख्यामा बेलायत सवैभन्दा अगाडि देखिएको पब्लिक हेल्थ इङ्ल्याण्ड पिएचइले जनाएको छ ।
राष्ट्रिय धुम्रपान अध्ययनको पछिल्लो विवरण अनुसार यही सन् २०१९ को जनवरीदेखि जुलाई सम्ममा धुम्रपान गर्ने वयस्कहरूको सङ्ख्या २।२ प्रतिशतले घटेको छ ।
बेलायतमा धुम्रपानकर्ताहरूको सङ्ख्या पछिल्लो समय निकै कम हँुदैगएको छ । अहिले पनि १४।४ प्रतिशत वयस्कहरूले धुम्रपान गर्ने गर्दछन् ।
लैङ्गिक रूपमा हेर्दा धुम्रपान गर्ने पुरुषको सङ्ख्या १६।४ प्रतिशत र महिलाको सङ्ख्या १२।६ प्रतिशत रहेको पिएचइले जनाएको छ ।
पिएचइले गत अक्टोबरदेखि धुम्रपान छोड्न प्रेरित गराउने देशको सवैभन्दा ठूलो अभियान सुरु गरेको हो ।
पिएचइका मेडिकल डाइरेक्टर यभोन्ने डोयलेका अनुसार अभियानका कारण धुम्रपान त्याग्नेहरुको सङ्ख्या उल्लेख्य देखिएको छ ।
धुम्रपान छुटाउने बर्षभरीको देशव्यापी कार्यक्रमलाई स्टपटोबर नाम दिइएको छ । यस अभियानबाट लाखाँै नागरिकले धुम्रपान त्याग्ने अपेक्षा गरिएको छ । एजेन्सी