Logo

अक्षय कुमारको मेट्रो यात्रा गरको भिडियो भाइरल



काठमाडौं, असोज ३ । बलिउड चर्चित नायक अक्षय कुमारले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गर्दै पब्लिक मेट्रोमा यात्रा गरिरहँदा मज्जा आएको र कसैले पनि आँफुलाई नचिनेको बताएका छन् ।

अक्षय कुमारले शेयर गरेको भिडियोमा भनेका छन् , ‘म यतिबेला मेट्रोमा छु । चुपचाप यहाँ आएको छु । म घाटकोपरमा यात्रा गरिरहेको थिएँ, त्यहाँबाट मलाई वर्सोवा पुग्नु थियो ।

मेरो नक्साले २ घण्टा पाँच मिनेट लाग्ने बताइरहे पपिन म अझै छोटो समयमा नै गन्तब्यमा पुग्नेछु । आफु मुम्बईको घाटकोपरमा फिल्मको सुटिङमा रहेको र पानीका कारण सडकबाट घण्टौ यात्रा गर्नु पर्ने गन्तव्यमा केहि मिनेटमा नै यात्रा गर्न पाउँदा आफुलाई खुसि लागेको समेत उनले बताएका छन् ।

भिडियोमा उनका निर्देशकपनि संगै देखिएका छन भने कयौ यात्रु रहेको उक्त मेट्रोमा उनलाई कसैले मतलव गरिरहेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्