Logo

हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार पौडेललाई (तस्विरसहित)



काठमाडौं, ७ असोज । नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा मंगलबार आयोजित रु. ५१ हजार राशिसहित हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार नेपाल टेलिभिजन सिन्धुपाल्चोकका संवाददाता नेत्र पौडेललाई प्रदान गरिएको छ ।

मंगलबार आयोजित विशेष समारोहका बीच उक्त पुरस्कार उपराष्ट्रपति नन्दबहादुर पुनले प्रदान गरेका हुन् । पुनले पत्रकार पौडेललाई रु. २५ हजार ५०० नगदसहित सम्मान–पत्र प्रदान गरेका थिए ।

उपराष्ट्रपति पुनले सञ्चार माध्यमहरु देशको चौथो अंगको रुपमा रहेकाले देश र जनताको हीतमा हुने काम गर्नुपर्ने बताएका छन् ।  नेपाल टेलिभिजनको पत्रकार महासंघ शाखाले स्थापना गरेको हेम–सुनिल जोखिम टेलिभिजन पत्रकारिता पुरस्कार बितरण कार्यक्रममा उपराष्ट्रपति पुनले सञ्चारकर्मीहरुलाई आर्थिक लोभ लालचमा नफसी निष्पक्ष समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

पौडेलसँगै इमेज टेलिभिजनका गृष्मा राजभण्डारी, सुयश मानन्धर र कुमार थापालाई संयुक्त रुपमा २५ हजार ५०० नगद र सम्मान–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्याल, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्ट, महाप्रबन्धकलगायतको उपस्थिति रहेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्