काठमाडौं, ७ असोज । राष्ट्रकवि माधवप्रसाद घिमिरे आज १०१ वर्ष पुगेका छन्। मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले राष्ट्रिय नाचघरमा आयोजना गरेको १०१ औँ कार्यक्रममा राष्ट्रकवि घिमिरेलाई सम्मान गरियो । राष्ट्रकवि घिमिरेको जन्म १९७६ मा आजैको दिन लमजुङ, पुस्तुनमा भएको हो ।
सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित जन्मशताब्दी विशेषाङ्क लोकार्पण गरियो । राष्ट्रकविलाई शुभकामना व्यक्त गर्न उनको निवास लैनचौरमा बिहानदेखि नै समाजका विभिन्न क्षेत्रका व्यक्तिको घुइँचो लागेको थियो । समारोहमा कवि घिमिरेले आफ्ना कविता रुचाउने सबै नेपालीप्रति कृतज्ञता प्रकट गरेका थिए ।