Logo

राष्ट्रपतिद्धारा स्पेनका लागि नेपाली राजदूतमा शेर्पालाई नियुक्त



काठमाडौं, ९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पालाई नियुक्त गरेकी छिन्।

‘बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री दावा फुटी शेर्पालाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ। गत जेठमा सरकारले शेर्पालाई राजदूतमा सिफारिस गरेको थियो।

 



प्रतिक्रिया दिनुहोस्