काठमाडौं, १० असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल भ्रमणमा आउने निश्चित् भएपनि मिति तय नभएको स्पष्ट पारेका छन् । सरकारले चिनियाँ राष्ट्रपति आउने मिति नलुकाएको पनि उनको भनाई छ । नेपाल र चीनबीच ऐतिहाँसिक सम्बन्ध रहँदै आएको सुनाउँदै धेरै वर्षपछि चिनियाँ राष्ट्रपतिको भ्रमण हुनु महत्वपूर्ण कुरा भएको उनले स्पष्ट पारे ।
बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री महासेठले चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदा नेपालालई के फाईदा हुन्छ भनेर नहेर्नपनि आग्रह गरे । उनले भने,‘मित्रतामा सधैं फाईदामात्रै हेरिँदैन् । हामीले फाईदाभन्दापनि सम्बन्ध बलियो बनाउनुपर्छ ।’