काठमाडौं, ११ असोज । लता मंगेशकर ९० वर्ष पुगेकी छिन् । उनी २८ अक्टोबर सन् १९२९ मा जन्मिएकी हुन् । ९० वर्ष पुग्दा पनि लताको आवाजमा जवानी गएको छैन । हिन्दीलगायत विभिन्न भाषामा गीत गायकी लता सँसारकै लोकप्रीय गायिकामा पर्छिन् । उनको सदावहार आवाजका कारण वैज्ञानिकहरु पनि छक्क परेका छन् । भारत रत्न लताको रगतमै कलाकारिता थियो ।
उनका बाबु मराठी नाटकमा नाम चलेका थिए । तर, उनका पिता परम्परावादी थिए । छोरीहरुले आधुनिक कपडा लगाएको मन पराउँदैनथिए ।निकै आरोह र अवरोह पार गरेर लताले आफूलाई स्थापित गरेकी थिइन् । उनको आवाजमा को मन्त्रमुग्ध नहोला । लताले जुन भाषामा गीत गाएपनि लोकप्रीय बन्यो ।
हजारौं गीत गाइसकेकी लता अझै स्वस्थ छिन् र गीत गाउँछिन् । उनी सामाजिक सञ्जालमा उत्तिकै सक्रिय छिन् । लता भारतभित्र सबैभन्दा सम्मानित महिलामा पर्छिन् ।