Logo

बल्ल बल्ल मिलेको गीतमा उदितलाई मिलेको थियो फिल्म फेयर अवार्ड



होगया तो तुजसे तो प्यार सजना …

दिलवाले दुल्हनिया लेजायंगे चलचित्रको गीत उदित नारायण झाका लागि सदास्मरणीय रहेको छ । उनी बलिउडमा स्थापित हुन संघर्षरत थिए । उनलाई धेरै समय देखि गीत गाउने अवसर मिलिरहेको थिएन ।

एकसे गायकहरु बलिउडमा जमिरहेको अवस्थामा बल्ल बल्ल मिलेको गीतमा उदितले निकै मिहेनत गरे । उनले सोनी च्यानलमा प्रसारित गायन प्रतिष्पर्धाको कार्यक्रममा भने, ‘लामो समययता गीत गाउन नपाएर बसेको अवस्थामा यही गीतमा मलाई फिल्म फेयर अवार्ड मिल्यो ।’ यति भन्दा उदित निकै भावुक भए ।

नेपालमा लामो समय गायन क्षेत्रमा संघर्ष गरेर उनी मुम्बई पुगेका थिए । जहाँ उनले आफ्नो क्षमता प्रदर्शनको अवसर पाए । उदित अहिले बलिउडका सशक्त गायक बनेर स्थापित छन् ।



प्रतिक्रिया दिनुहोस्