Logo

भारतमा नेपाली युवकको मृत्यु



अर्घाखाँची,१२ असोज । रोजगारीका लागि भारत पुगेका अर्घाखाँचीका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मालारानी गाउँपालिका–५ बाँगी भणडार गौराका १९ वर्षीय विवश कुँवर रहेका छन् ।

हरियाणा राज्यको फरिदाबादको एक होटलमा काम गर्दै उनी एक सातादेखि सामान्य ज्वरोबाट पीडिट रहेका थिए । उनी घरको छतमा निस्केको बेला एक्कासी रिंगटा लागेर उनी छतमै बेहोस भएका थिए।

तत्काल उपचारका लागि स्थानीय मेट्रो अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु घोषणा गरेको परिवारले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्