Logo

‘नेपालमा कुनै हालतमा चीनमाजस्तो कम्यूनिष्टकरण हुन दिँदैनौं’ 



धनुषा, १३ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणले नेकपा नेतृत्व सरकारले चीन सरकारसँग सी विचारधाराका लागि गरेको सम्झौताले मुलुकलाई एक दलिय अधिनायकत्व लाद्न खोजेको आरोप लगाए ।

सोमबार जनकपुरमा प्रेस यूनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘अहिलेकोे कम्यूनिष्ट सरकारले दुई तिहाई मतको दुरुपयोग गरेको छ । नेपालमा चीनमा जस्तो कम्यूनिष्टकरण हुन कुनै हालतमा हामी दिदैनौ।’

वर्तमान संविधानप्रति सबैको स्वामित्व बढाउन संशोधन गर्नुपर्ने बताएका छन् । खाँणले संविधान सर्वस्वीकार्य हुन संशोधन जरुरी रहेको बताएका हुन् । सरकारले संसदीय व्यवस्थालाई बाईपास गरी कार्यकारी प्रणालीलाई कार्यान्वयन गरेर दुई तिहाईको सरकार अघि बढ्न चाहेको उनको आरोप छ ।  उनले सरकारलाई निरंकुश हुनबाट बचाउन, संसदीय व्यवस्था र लोकतन्त्रलाई टिकाउन काँग्रेस अडिग रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्