साउदी अरबका राजकुमार मोहम्मद विन सलमानले विश्व बजारमा तेलको मूल्य अविश्सनीय ढंगले बढ्दे चेतावनी दिएका छन् । उनले यसमा इरानलाई दोष दिएका छन् ।
सीबीएस टेलिभिजनलाई अन्तवार्ता दिदै सलमानले इरानबाट उत्पन्न खतराले तेलको मूल्य बढ्दे स्थिति बनेको बताएका हुन् । उनले इरानको खतरालाई विश्वले रोक्न नसके गम्भीर परिणाम उत्पन्न हुने समेत बताए ।
इरानमाथि साउदीको तेल प्रशोधन केन्द्रमा ड्रोन हमला गरेको आरोप लागिरहँदा सलमानको भनाई सार्वजनिक भएको हो । उक्त घटनापछि सलमानले पहिलोपटक टेलिभिजनमार्फत् आफ्नो भनाई सार्वजनिक गरेका हुन् । सलमान साउदी अरबका सबैभन्दा शक्तिशाली व्यक्ति हुन् । उनका बाबु राजा भएपनि काम उनैले गर्छन् ।
सलमानले पत्रकार जमाल खसोगीको हत्याको आदेश आफूले नदिएको बताए । उनले हत्यामा दोषीलाई कारबाही भइरहको उल्लेख गरे । –एजेन्सी