भारतको आगरामा कलाकार स्वजन रघुवंशीले तहल्का मचाएका छन् । पाँच दिनसम्म भएको अन्तर्राष्ट्रिय ताज रंग महोत्सवमा क्लासिक डान्स कम्पिटिसनमा सिनियरतर्फ स्वजन रघुवंशी प्रथम बनेका छन् । उनी नेपालका गोल्ड मेडलिष्ट डान्सर तथा कात्तिक नाचका अदभूत अवतार हुन् ।
असोज ५ देखि ९ गतेसम्म नटराञ्जली थे्रेटर आर्टद्धारा आयोजित कार्यक्रममा भारत, नेपाल, बंगलादेश र श्रीलंका सहित चार दक्षिण एशियाली राष्ट्रहरुको सहभागिता थियो । विभिन्न लोक नृत्यको प्रस्तुतीसंगै भारतीय शास्त्रीय नृत्य कथ्थक ,भरतनाट्यम र ओदिसी नृत्य एकैसाथ प्रतियोगितामा सामेल गराईएको थियो ।
प्रतियोगिताको अन्तिम दिन तीनवटा विधामा सर्वोत्कृष्ट नृत्य प्रदर्शन गरेर रघुवंशीले नेपाल र नेपालीको गौरवता राख्न सफल भएका छन् । रघुवंशीले मात्र प्रतियोगितामा नेपालबाट सहभागिता जनाएका हुन् । भारतका ग्वालियर, कलकत्ता, हरियाणा, दिल्ली आदि क्षेत्रबाट प्रतियोगितामा धमाकेदार प्रस्तुति दिएका थिए । Photo Source: Vision Sansar