काठमाडौं, १३ असोज । नेपालस्थित् भारतीय राजदूतावासले ५५ औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य दिवस (आइटेक) २०७६ मनाएको छ । सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरीको उपस्थितिमा उक्त दिवस मनाईएको हो ।
कार्यक्रममा मन्त्री पण्डित र राजदुत पुरीलगायत विभिन्न मन्त्रालयका सचिव, विभागका कर्मचारीहरुको बाक्लो उपस्थिति थियो । सो समारोहमा आइटेकका करिब १५० भूतपूर्व विद्यार्थीहरुको उपस्थिति थियो । नेपाल लगायत १६१ विकासशील मित्र राष्ट्रहरुसँग भारतको विकासमूलक अनुभव बाँड्न भारत सरकारको पूर्ण सहयोगमा ‘आइटेक कार्यक्रम’ सञ्चालित छ ।
नेपाल सरकार अन्तर्गतका विभिन्न मन्त्रालय तथा विभागले आफ्ना कर्मचारीहरुको मानव संसाधन विकासका लागि आइटेकका विभिन्न कोर्षहरुको उपयोग गर्दै आएको छ । तालिम कोर्षमा कम्प्युटर, इन्जिनियरिङ्ग, सूचना प्रविधि, पत्रकारिता, बैंकिङ्ग, कानून निर्माण, उर्जा, रिमोट सेन्सिङ्, जनशक्ति अध्ययन, शिक्षा, महिला सशक्तिकरण, जलविज्ञान, कानून प्रर्वतन, व्यवसाय योजना तथा प्रवर्धन, लेखा र वाणिज्य आदि जस्ता विषयहरु समावेश गरिएको छ ।
कार्यक्रममा मन्त्री पण्डितले नेपाल र भारतबीच ऐतिहाँसिक सम्बन्ध रहेको सुनाउँदै आगामी दिनमा पनि सँगसँगै अघि बढ्ने बताए । नेपालको विकास र समृद्धिको लागि आर्थिक रुपमा भारतबाट सहयोग भैरहनेपनि उनले विश्वास दिलाए । यस्तै, सहयोग र सद्भाव भारतबाट सधैं जारी रहनेपनि उनले विश्वास दिलाए ।
कार्यक्रममा राजदूत मंजीवसिंह पुरीले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका वरिष्ठ अधिकारी एवम् अन्य कर्मचारीहरुलाई भारतका प्रमुख संस्थाहरुमा प्रशिक्षण दिन उक्त आइटेक कार्यक्रमले निर्णायक भूमिका खेलेको बताए यस कार्यक्रमले सीप अभिवृद्धि तथा मानव संसाधन विकासमा उल्लेख्य योगदान पु¥याएको आफूलाई विश्वास लागेको बताएका थिए । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम