काठमाडौं, १३ असोज । एक जमाना थियो, बलबहादुर केसीको लोकप्रीयता चुलीमा पुग्यो । २०३६ सालमा उनी सबैभन्दा लोकप्रीय विद्यार्थी नेता बने । भाषण कला देखि निडर स्वभाव भएका बलबहादुरलाई भावी प्रधानमन्त्रीका रुपमा लिइयो । तर, उनीको चरित्रमाथि बहुदलमा आएर दाग लाग्यो ।
त्यतिबेला अविवाहित बलबहादुर केसी राति राति एक महिलाको घरमा पर्खाल चढेर पुग्ने गरेको तथ्य बाहिर आयो । पत्रिकामा तस्बिरसहित घटना छापिएपछि उनी बदनाम भए । यसले उनको साख आजसम्म उठ्न नसक्ने बन्यो ।
अहिले एउटा घटना बाहिर आएको छ । जसमा देशका बहालवाला सभामुख कृष्णबहादुर महरा मुछिएका छन् । उनीमाथि महिलाको डेरामै पुगी जर्बजस्ती गरेको आरोप छ ।
महिलाले जर्बजस्ती भएको प्रमाणसहित आफूलाई प्रस्तुत गरेकी छिन् । महराको फुटेको चश्मा देखि रक्सी पिएको लगायत प्रमाणका रुपमा सुरक्षित राखिएको छ ।
यस घटनाको छानविन कसरी हुने भन्ने विषय गम्भीर बनेको छ । महराले जर्बजस्ती अस्वीकार गरेका छन् । तर, महिलाले आफूमाथि जर्बजस्ती भएको प्रमाण रहेको भनेबाट स्थिति गम्भीर बनेको छ । यो घटनाले विगतका काण्डहरुलाई समेत बिर्साइदिएको छ । डेराकाण्डले महराको राजनीतिक जीवनमा ठूलो धक्का पुग्न सक्छ ।