Logo

ग्लोबल आइएमईले लाभांश दिने



काठमाडौं, १४ असोज । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई २५।५ प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७५/०७६ को वितरणयोग्य मुनाफाबाट उक्त परिमाणमा लामांश दिने निर्णय गरेको हो ।

बैंकले १२।७५ प्रतिशत शेयर लाभांश र १२।७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकले आज उक्त जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको हो । उक्त लाभांश बैंकको साधारणसभाले र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि वितरण हुने कम्पनी सचिव विष्णुप्रसाद बाँस्कोटाले जानकारी दिए।

यस्तै शिवम् सिमेन्ट प्रा।लिले आफ्ना शेयरधनीलाई प्रतिशेयर १५।७८ प्रतिशतका दरले नगद लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट रु ६९ करोड ४७ लाख ३८ हजार लाभांश वितरण गर्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्