Logo

काँग्रेसले माग्यो महराको सांसद पदबाट राजीनामा



काठमाडौं, १४ असोज । सभामुख कृष्णबहादुर महराले घटनाको निष्पक्ष छानविनका लागि भन्दै राजीनामा दिएपनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसद सदस्यबाट राजीनामा दिन माग गरेको छ । काँग्रेसले महिलामाथि जर्बजस्तीको घटनामा मुछिएका महराले संसद सदस्यबाट राजीनामा दिनुपर्ने माग गरेको हो ।

सभामुख जस्तो गरिमामयी पदमा बसेको व्यक्तिमाथि बलात्कार जस्तो गम्भीर आरोप लाग्नु दुःखद विषय हो भन्दै सांसद पदबाट समेत राजीनामा दिनुपर्ने काँग्रेसको माग छ । काँग्रेसले मंगलबार एक विज्ञप्ति जारी गरी राजीनामा मागेको हो ।



प्रतिक्रिया दिनुहोस्