Logo

भारतीय राजदुत पुरीले गान्धीलाई यसरी सम्झिए



काठमाडौं, १४ असोज । नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरीले विश्वभरि गान्धीको अनुयायीहरु धेरै रहेकोले गान्धीले नै आफूहरुलाई स्वाभिमानी बन्न सिकाएको स्पष्ट पारेका छन् । मंगलबार नेपाल–भारत मैत्री संघले आयोजना गरेको विश्व अहिंसा दिवस तथा १५० औं गान्धी जयन्तीको शुभ अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै राजदुत पुरीले यस्तो बताएका हुन् ।

उनले भने,‘सारा संसारमा गानधीलई नचिन्ने मान्छे कोही छैनन् । भारतलाई विश्वप्रसिद्ध गराउनुभयो । हामीले उहाँको अनुयायी बन्ने मौका पायौं । उहाँको अहिंसाको दर्शनले हामीलाई सही मार्गमा हिँड्न प्रेरित गरेको छ ।’

गान्धीले अहिंसा र सत्यको बाटो हिँड्न सिकाएको बताउँदै उनले भने,‘गान्धीले हामीलाई स्वभामिानी बन्न सिकाउनुभयो ।’ नेपालमा पनि गान्धीका अनुयायीहरु धेरै रहेको उनले सुनाए । उनले नेपालमा धेरै वर्षदेखि गान्धी जयन्ती मनाउँदै आईएको सुनाए ।

भारतका लागि पूर्व नेपाली राजदुत दिपकुमार उपाध्यायले पनि गान्धीको व्यक्तित्वको बारेमा चर्चा गरेका थिए । उनले भने,‘गान्धीजी विश्वमा आफ्नै प्रकारको व्यक्तित्व राख्न सफल, व्यक्तित्व हो । गान्धीले ईमानदार, अहिंसा र सदाचारमार्फत विश्वभरिका आम मान्छेको मन जित्नुभयो ।’

उनले गान्धीको व्यक्तित्व सम्झिँदै भने,‘उहाँले अहिंसाको मार्ग समात्नुभयो । शान्तिपूर्ण धर्नाबाट राजनीतिक आन्दोलन गर्नुभयो । उहाँको जीवन दर्शन पढ्न जरुरी छ ।’ गान्धीले अहिंसात्मक आन्दोनलको प्रभाव विश्वमै पारेको पनि उनले सुनाए ।

नेपालमा सत्ता परिवर्तन भएपनि राजनीतिक स्थायित्व हुन नसेको पनि उनले गुनासो पोखे । उनले भने,‘अहिले पनि नेपाल हिंसामुक्त हुन सकेको छैन् । अहिलेको पुस्ताले गान्धीलाई सम्झिनुपर्छ । नेपालमा गान्धी चरित्रको व्यक्तित्वहरु निर्माण गर्न जरुरी छ ।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्