काठमाडौं, १५ असोज । नेपाल बार एशोसिएसनका महासचिव लिलामणी पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन भएर सत्य, तथ्य बाहिर आउनुपर्ने बताएका छन् । पौडेलले उक्त घट्नाबारे पहिलो सुचना दिने व्यक्ति र पीडित दुवै एकै व्यक्ति भएको सुनाए । तर, अहिले अनुशन्धानलाई अन्तै मोड्न खोजिएको पनि उनको आशंका छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पौडेलले झुठा बकपत्र मुद्दा लागेको केशमा बाझिनेगरि बयान दिए मुलुकी ऐनको फौजदारी संहिताको दफा ४४ अनुसार पीडितले जाहेरी दिएपछि, बयान परिवर्तन गर्दा उसलाई पनि सजाय हुने नियम रहेको सुनाए । तर, अहिले पीडितले किटानी जाहेरी नदिएकोले ‘होस्टाईल’ नहुने पौडेलको भनाई छ ।
शाहीले पहिलो भिडियोमा महरा आफूकहाँ आएको र अर्को भिडियामो नआएको र महरा पितासरहको मान्छे भनेर बोलेको कुरा नै अस्वभाविक भएको उनको तर्क छ । महराले स्वयम्ले आफू शाहीको कोठामा पुगेको भनेर स्वीकार गरिसकेकोले अब शाहीले महरा पितासरहको मान्छे भन्नुको अर्थ नभएको पनि उनको टिप्पणी छ ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले महरा–शाही प्रकरण नेपालको राजनीतिक ईतिहासमै अनौठो घट्ना भएको सुनाए । उनले भने,‘संसद अहिले चालु छैन् । संविधानको धारा ९१ मै सभामुख र उपसभामुख फरक लिङ र फरक पार्टीको हुने व्यवस्था छ । अब त्यही हुनुपर्छ ।’
उनले महराले राजीनामा दिएपछि सभामुखको पद स्वतः खाली भएको बताए । उनले भने,‘संसदको विन्टर सेसन सुरु भएपछि जानकारी गराएर सभामुखको निर्वाचनमा संसद जान्छ ।’ रोशनी शाहीको अभिव्यक्ति नि फरक–फरक आएकोले बलात्कार भएको हो कि होईन भन्ने कुरा अनुशन्धान हुुनुपर्ने बताए । राजीनामा कहिलेपनि शर्तसहित नहुने भन्दै उनले राजीनामा शर्तरहित हुने स्पष्ट पारे ।
उनले भने,‘बलात्कार भएको हो कि होईन भन्ने कुरा अनुशन्धानबाट मात्रै थाहा हुन्छ, शाहीले जाहेरी नदिएपनि उनले नै हटलाईनमा सम्पर्क गरेर घट्नाको बारेमा जानकारी गराएकोले अनुशन्धान (प्रहरी) को जारी रहन्छ । यसमा लिखित उजुरी वा किटानी जाहेरी चाहिँदैन् ।’ पौडेलले आरोपको स्टेटमेन्ट बदलियो भने शाहीपनि दोषी हुने टिप्पणी गरे ।