काठमाडौं, १६ असोज । यौन काण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् । बिहीबारबाटै महराले आफुले लिँदै आएको सुरक्षाकर्मी र सरकारी गाडी फिर्ता गरेका छन् । महराले आफु चढ्दै आएको गाडी संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएका छन् ।
महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहारको आरोप लागेको थियो । उनको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए ।